एनिमल चलचित्रले बास्तविक जीवनमा प्रभाव

एनिमल चलचित्रले बास्तविक जीवनमा प्रभाव


ग्लोब नेपाल
432
Shares

मुम्बइ । एनिमल चलचित्रहरूको क्रेज सुस्त हुने संकेत देखिदैन। रिलिजको दिनदेखि नै चर्चामा रहेको यो फिल्मको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । 

यही कारणले गर्दा सायद अहिले फिल्म एनिमलको प्रभाव वास्तविक जीवनमा पनि देखिन थालेको छ । वास्तवमा, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसका अनुसार एनिमल चलचित्रका कारण बाबु र छोरा बीचको रिस हटेको छ र उनीहरू दुबै बिचमा पुनर्मिलन भएको देखिएको छ । 

अहिले यो भिडियो भाइरल भएको देखेर मानिसहरु भावुक भएका छन् । यो भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भयानी नामको एकाउन्टबाट शेयर गरिएको छ, जसको क्याप्सन यस्तो छ । ‘यो सन्दीप रेड्डी वांगाको फिल्मको प्रभाव हो।’ यो भिडियोलाई अहिलेसम्म १ लाख १३ हजारभन्दा बढीले लाइक गरेका छन् । भिडियो हेरिसकेका प्रयोगकर्ताहरूले यसमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् र आफ्नो भावना व्यक्त गरिरहेका छन्।

भिडियोमा देख्न सकिन्छ कि कसरी छोराको आँखामा खुशीको आँसु लिएर बाबुको खुट्टा छुन्छ र त्यसपछि बाबुले छोरालाई मायाले अँगालो हाल्छन् । यस क्रममा दुवैको आँखा आँसुले भिजेको देखिन्छ । भिडियोका अनुसार डेढ वर्षको आक्रोश अन्त्य गरेर बाबुलाई भेटेपछि छोराको खुशी आँखाबाट झल्किएको थियो । दुबैले अलग अलग रूपमा रणवीरकाे एनिमल हेरेका थिए, जसले उनीहरूलाइ भावुक बनाएकाे जनाइएकाे छ । त्यसपछि उनीहरू बिचमा पुनर्मिलन भएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

हालै रिलिज भएको चलचित्र एनिमलमा बाबु छोराको जटिल सम्बन्धलाई एकदमै फरक ढंगले देखाइएको छ । फिल्ममा रणवीर एक छोराको भूमिकामा छन्, जो आफ्ना बुवा अनिल कपूरको माया पाउन चाहन्छन् । फिल्ममा रणवीर आफ्नो बुवाको खुशी र सुरक्षाका लागि जुनसुकै हदसम्म जान तयार देखिन्छन् । फिल्मको यो दृश्यको प्रभाव अहिले वास्तविक जीवनमा पनि देखिएको छ । 

यस फिल्ममा रणवीर कुपर र अनिल कपूर बाहेक रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी जस्ता सुन्दर स्टारहरू पनि देख्नुहुनेछ।