काठमाडौँ । रुस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएकाे छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरीकाे मृत्यु भएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।
स्याङ्जा वालिङ नगरपालिका–१४ मान्खुका अर्यालको २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ ।
त्यसैगरी रुसी सेनामा भर्ती भएका चार नेपालीलाई युद्धका क्रममा युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।
प्रतिक्रिया