माओवादीले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम

माओवादीले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम



काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले बताए ।

उनका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको हाे ।

१९ सीटको लागि आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सीट पाएको थियो । राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

गठबन्धनको बैठकबाट नेपाली कांग्रेसलाई १०, नेकपा एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिने सहमति भएको थियो ।

राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्यमा भने गठबन्धनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने निर्णय गरिसकेको छ ।