राष्ट्रियसभा निर्वाचनमा राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले टुंग्यायो ९ उम्मेदवार



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनको लागि ९ जना उम्मेदवार टुंग्याएको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवार टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्‍ठले जानकारी दिए ।

राप्रपाले बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको श्रेष्ठले बताए ।

त्यसैगरी कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ । गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार बन्ने भएका छन् ।

यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि उमेदवार टुंगो लगाउने राप्रपाको तयारी छ ।