राष्ट्रियसभाको टिकट लिएर झापा हिँडे सिटौला

राष्ट्रियसभाको टिकट लिएर झापा हिँडे सिटौला



काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको टिकट पाएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार चयन गर्न बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई टिकट दिने निर्णय गरेको हो । उनी टिकट पाएर बैठकबाट निस्किएका छन् ।

अरू उमेदवारको नाम टुंगो लगाउन संसदीय बोर्डको बैठक जारी छ ।

सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर झापा फर्किएका छन् । पार्टी कार्यालयबाट बाहिरिनु अघि उनले शेखर कोइरालालाई भेटेर बाहिरिएका छन् ।