काठमाडौं । फिल्म ‘ऐरी’मा बलिउड तथा भुटानी अभिनेता सांगे सेल्ट्रिम मुख्य भूमिकामा देखिने भएका छन् । फिल्ममा पहिलो पटक अभिनेता प्रदीप खड्का उनीसँग सहकार्य गर्दै छ्न् ।सांगेलाई फिल्ममा भित्र्याउन लाग्नुको पछाडि निर्माण टिमको दुईवटा उद्देश्य रहेकाे बताइएकाे छ।
पहिलो, उनी भुटानी नागरिक भएकाले त्यहाँ फिल्म रिलिज गर्न सहज हुनेछ । दोस्रो, उनी भुटानको प्रतिष्ठित ओटीटी प्लेटफर्म ‘सांग्रिला’मा पनि आबद्ध छन् । मल्टीमेटका सञ्चालक जीवन थापाको निर्देशनमा तयार हुन लागेको ‘ऐरी’ हिन्दी, अंग्रेजी, तमिल र नेपाली भाषामा निर्माण हुने निर्माण पक्षकाे बताएकाे छ ।
फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले निर्माण गर्नेछन् । सुवास र प्रशान्त भारतीय निर्माता हुन् ।
प्रतिक्रिया