मधेशमा जनमतका महासेठले गराए उम्मेदवारी दर्ता

मधेशमा जनमतका महासेठले गराए उम्मेदवारी दर्ता



जनकपुरधाम । सत्ता गठबन्धनमा रहेकाे जनमत पार्टीले मधेश प्रदेशमा अन्य तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनमतका रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् ।

जनमत बाहेकका सत्ता गठबन्धनकातर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका छन् ।