काठमाडौं । सरकारले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्चाउने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राजपत्रमा छुट भएका सहिदहरुको नाम प्रकाशित गर्ने र थप केहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ । खनालले आज नै पदबाट राजीनामा दिएका थिए ।
प्रवक्ता शर्माले राष्ट्रिय विकास परिषद्मा नेपाल सरकार मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न पदाधिकारी व्यक्तिहरुबाट २५ जना सदस्यहरुको मनोनयन गर्ने निर्णय भएको समेत बताइन् ।


प्रतिक्रिया