काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लाथि संसद् बैठक आह्वान गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया