पोखरा । जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिएका हुन् ।
थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
भोलि अन्तिम सेमिफाइनलअन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी फाइनल प्रवेशका लागि भिड्नेछन् ।
प्रतिक्रिया