काठमाडौं । आगामी फागुन ७ गते प्रारम्भ हुने महासमिति बैठकको तयारीकाे लागि नेपाली कांग्रेसले मूल समितिका विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका हुन् ।
देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन् । त्यस्तै स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) चयन गरेका छन् ।
महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउनु हुने विश्वास सभापतिले व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।



प्रतिक्रिया