काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भूतपूर्व सैनिक संघमा सोमबार केन्द्रीय सदस्यहरू मनोनीत गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । देउवाले ७९ जनालाई केन्द्रीय सदस्यमा मनाेनीत गरेका हुन् । संघको अध्यक्षमा मेघराज टण्डन यसअघि नै मनोनीत भएका थिए ।
प्रतिक्रिया