इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत १०६ रनले विजयी

इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत १०६ रनले विजयी



काठमाडौं । इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । ३९९ रनको लक्ष्य पाएको इंग्ल्यान्ड टेस्टको चौथो दिन २९२ रन बनाउँदा अलआउट भयो । दोस्रो पारीमा भारतका फास्ट बलर जसप्रित बुमराह र स्पीनर आर आश्विनले तीन तीन विकेट लिएपछि इंग्ल्यान्ड पराजित भएको हो ।

भारतले पहिलो पारीमा यशश्वी जायसवालको दोहोरो शतकको सहयोगमा २९६ रन बनाएको थियो भने दोस्रो पारीमा शुभमन गिलको शतकको मद्दतमा २५५ रन बनाएको थियो । इंग्ल्यान्डले पहिलो पारीमा २५३ रन बनायो भने दोस्रो पारीमा २९२ रनमा अलआउट भयो ।

पाँच टेस्टको सिररिजमा पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने विशाखापट्टनममा भएको दोस्रो टेस्ट भारतले जितेको हो ।