जीतपुरसिमरा–३ का वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दायर

जीतपुरसिमरा–३ का वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस दिन सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यसअघि आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई घुस रकमसहित पक्राउ गरेको थियो ।