कांग्रेसले चुनावमा गठबन्धन गर्नुपर्दैन : शशांक कोइराला

कांग्रेसले चुनावमा गठबन्धन गर्नुपर्दैन : शशांक कोइराला

हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौं



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसलाई गठबन्धन आवश्यक नभएको बताएका छन् ।

महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त सरकार बनाउँदा मात्रै बनाउनुपर्छ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । कांग्रेसको तर्फबाट मत खस्छ । ३६४ दिन कांग्रेस बन्ने मत हाल्ने दिन चाहिँ अरुलाई हाल्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन ।’

नेता कोइरालाले धर्म स्वतन्त्र हुने भएकाले निरपेक्ष बनाएर गलत गरेको बताएका छन् । ‘धर्म न निपरेक्ष र न सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ’ कोइरालाले भने, ‘हाम्रो चार तारे झण्डामा एउटा धर्म स्वतन्त्रताको प्रतीक हो ।’

कोइरालाले आफ्नो पिता बीपी कोइरालाको भनाइ समेत उदृत गरे । ‘मेरा आमा नित्य पुजा गर्नुहुन्थ्यो । मेरो पिता, बीपी कोइराला भन्नुहुन्थ्यो, त्यो उसको अधिकार हो, उसलाई जे गर्न मन लाग्छ त्यही गर्नुपर्छ’ शशांकले भने, ‘तर दुर्भाग्य धर्म निरपेक्ष बनाऔ । यो गलत हो ।’