गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित



काठमाडौं । सत्ता गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ ।

मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ ।

मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने विषयलाई लिएर सत्तारुढ गठबन्धनमा समस्या भएपछि मन्त्री साउदको भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएकाे छ ।

परराष्ट्रमन्त्री साउदले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा आफू आजै फिनल्यान्ड जाने कार्यक्रम रहेको बताएका थिए । उनले संसदीय समितिले छोटो समयमै बोलाउँदा पनि विदेश भ्रमण तयारी छोडेर आएको बताएका थिए । उनले आफू चार दिने भ्रमणमा फिनल्यान्ड जान लागेको जानकारी दिएका थिए ।