फेरि वामपन्थी एकताको अध्यायको सुरु भयो

फेरि वामपन्थी एकताको अध्यायको सुरु भयो


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको दाबी गरेका छन ।

आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताएका छन । उनले भने, ‘आजै एकताको कुरा त होइन ।

तर, फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ ।’ सो कुरा बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको उल्लेख गर्दै पौडेलले अब राजनीतिक कोर्स नयाँ शिराबाट अघि बढ्ने भएको उनले बताएका छन ।

यस्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा आजै टुङ्ग्याउने कुरा बैठकमा गरेको पनि बताएका छन । योसँगै बजेट, नीति तथा कार्यक्रम र शान्ति प्रक्रियाका बाँकी विषय टुङ्ग्याएर राजनीति कोर्स करेक्सन गर्ने गरी बैठकबाट निर्णय लिएको उनले बताए । आजै सानो सङ्ख्यामा मन्त्रिपरिषद् पुनर्गठन हुने उनको भनाइ छ ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेसँगको सहकार्य गर्ने सहमति गरेको छ। नयाँ समीकरणअनुसार जसपा, रास्वपालगायतका दल पनि सत्तापक्षमा हुने बताइएको छ ।