काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।
एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र नेकपा एमालेको तीव्र दबाब छ। दुवै पार्टीका अध्यक्ष नेपालको निवास नै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसहितका नेता नेपालको निवास कोटेश्वर पुगेका थिए। यसअघि सोमबार पनि प्रधानमन्त्री दाहाल नेपालको निवास पुगेका थिए। ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए।


प्रतिक्रिया