काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
सरकारको प्रवक्तामा शर्मा
मन्त्रीपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाइ सरकारको प्रवक्ता तोकेको छ । सिंहदरवारमा आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
यस्तै बैठकले सयुक्त्त राष्ट्रसंघको सिएसडब्लु को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको अमेरिका भ्रमण स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले समसामयिक विषयमा छलफल गरेको र निर्णयहरू सार्वजनिक गर्न बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया