काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।
सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष उम्मेदवारबारे छलफल हुनेछ । यस्तै परिर्वतित राजनीतिक अवस्थाबारे पनि छलफल गरी संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया