काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ (१) मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।
निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम–२ मा खटाएको छ ।
एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।
बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ ।


प्रतिक्रिया