पपुवा न्युगिनीविरुद्ध नेपाल ८५ रनले विजयी

पपुवा न्युगिनीविरुद्ध नेपाल ८५ रनले विजयी


ग्लोब नेपाल
486
Shares

हङकङ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालले ८५ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पपुवा न्युगिनीले १६ दशमबल १ ओभरमा ११३ रन बनाउँदा सबै विकेट गुमायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपाललका लागि सर्वाधिक ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५९ रनको योगदान दिए । उनले ३९ को सामना गर्दै ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसैगरी अर्का ओपनर विनोद भण्डारीले २७ रनको योगदान दिए । सन्दीप जोराले ५६ जोडे । उनले २६ बलको सामना गरेर ४ छक्का र ३ चौका प्रहार गरेका थिए । लोकेश बम रनआउट हुनुअघि ६ बलमा १४ रन र विवेक यादवले ४ बलमा १९ रन जोड्पछि नेपालको स्कोर १९८ सम्भव भएको हो ।

पपुवा न्युगिनीका लागि असद भालाले २ विकेट लिए भने नोरमान भानुवा, जोन कारिको र नोसानियोले १–१ विकेट लिएका थिए । हिरीहिरीले २८ रनको योगदान दिए भने ओपनर ब्याट्सम्यान टोनी उराले १३ र सिसि बाउले २१ रनको योगदान दिएका थिए ।