काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
बैठकमा पेस भएका दुवै प्रस्तावलाई राष्ट्रियसभाको अध्यक्षता ग्रहण गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्णयार्थ प्रस्तुत गर्दा दाहालका पक्षमा बढी मत परेकाले उनलाई निर्वाचित भएको घोषणा गरिन् ।
दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार थिए ।
दाहालकाे पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको हाे ।
त्यसैगरी शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।


प्रतिक्रिया