आगामी रणनीतिबारे छलफल गर्न कांग्रेसको बैठक बुढानीलकण्ठमा जारी

आगामी रणनीतिबारे छलफल गर्न कांग्रेसको बैठक बुढानीलकण्ठमा जारी



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक अहिले बसिरहेको हाे ।

आजको बैठकमा संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गरिने बनाइएको छ ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदैछन् । तर, देउवाले प्रचण्डसँग बदला लिन विपक्षी गठबन्धन बनाउने प्रयास पनि जारी राखेका छन् ।