सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत



काठमाडौं । नेकपा एमालेले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ ।