सिरहामा श्रीमान्‌ले गरे श्रीमतीको हत्या

सिरहामा श्रीमान्‌ले गरे श्रीमतीको हत्या



सिरहा । सिरहामा श्रीमान्‌ले श्रीमतीको धारिलो हसियाले घाटी रेटी हत्या गरेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरमा ६० वर्षीय रामसितल दासले श्रीमती ५५ वर्षीया कुमिया देवी दासको धारिलो हतियारले घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले श्रीमतीको हत्या अभियोगमा श्रीमान्‌ साहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।

सिरहामा एक साता नबित्दै तीन जना महिलाको हत्या भएको छ ।