न्यूयोर्क । मिडिया म्याग्नेट रुपर्ट मर्डोकले प्रेममा हार मानेका छैनन् । ९२ वर्षको उमेरमा पनि उनी बिबाहका लागि अझै लालायित देखिएका छन् । न्युयोर्क टाइम्सका अनुसार बिहीबार मर्डोकले आफ्नी प्रेमिका एलेना झुकोभासँग आगामी जुनमा विवाह गर्ने योजना सुनाए । मर्डोकले यसअघि चार पटक विवाह गरिसकेका छन् ।
उनी ट्याब्लोइड अखबार उद्योगको हस्ती मानिन्छन, जसले तीन महाद्वीपमा ट्याब्लोइड पत्रिका निकालेर तहल्का मच्चाएका थिए । गत वर्ष मात्रै मर्डोकले डेन्टल हाइजिनिस्टबाट कन्जरभेटिभ रेडियो होस्ट एन लेस्ले स्मिथसँग बिबाह गरेका थिए । तर एक महिना भन्दा कम समयमा सो विवाह रद्द भएका थियाे ।
मर्डोकले जुनमा विवाह गर्न लागेकी झुकोभा रुसबाट संयुक्त राज्य अमेरिकामा बसाइँ सरेकी हुन् । उनी ६७ वर्षकी एक सेवानिवृत्त आणविक जीवविज्ञानी हुन्, जो मर्डोकभन्दा २५ वर्ष कान्छी छिन् ।
झुकोभा एक कला संरक्षक र उद्यमी हुन, जसको पहिले रूसी कुलीन रोमन अब्रामोविचसँग विवाह भएको थियो । अब मर्डोकको पाँचौं विवाह उनको क्यालिफोर्नियाको दाखबारी र एस्टेट, मोरागामा हुने बताइएको छ।
मर्डोकको अन्तिम विवाह मोडल जेरी हलसँग भएको थियो, जो रोलिङ स्टोन्सका फ्रन्टम्यान मिक जेगरका पूर्व दीर्घकालीन साझेदार थिए। ६ जना सन्तान पिता मर्डोकले पहिलो पटक अष्ट्रेलियाली उडान परिचर पेट्रिसिया बुकरसँग विवाह गरेका थिए, जससँग उनले सन् १९६० को दशकको अन्त्यमा सम्बन्ध विच्छेद गरेका थिए।
उनकी दोस्रो श्रीमती अन्ना टोर्भ हुन, जो एक अखबार रिपोर्टर थिइन, जो सँग सन् १९९९ मा सम्बन्ध विच्छेद हुनुअघि ३० वर्षभन्दा बढी समयसँगै बसेका थिए। वेन्डी देङसँग उनको तेस्रो विवाह सन २०१३ मा समाप्त भयो।
अष्ट्रेलियाली मर्डोक जसको मिडिया साम्राज्यमा द वाल स्ट्रिट जर्नल, फक्स न्यूज र अन्य प्रभावशाली आउटलेटहरू समावेश रहेका छन् । फोर्ब्सका अनुसार उनको सम्पति २० बिलियन डलर भन्दा बढी रहेको छ । मर्डोकले गत नोभेम्बरमा आफ्नो विश्वव्यापी मिडिया साम्राज्यको नियन्त्रण छोरा लाचलानलाई हस्तान्तरण गरेपछि उनी हाल स्वतन्त्र छन् ।


प्रतिक्रिया