सांसद पन्तको प्रश्न : गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

सांसद पन्तको प्रश्न : गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएकी छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उनले सो उद्योग सञ्चालनमा ल्याउन आफैँले गरेको प्रतिबद्धता कहिले पूरा हुन्छ ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरिन् । प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाइ थियो । उनले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाइ गर्न नहुने बताइन् ।