काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।
सरकार परिवर्तन भएसँगै प्रतिपक्षी दलबाट सिफारिसमा परेका सदस्यहरूले राजीनामा दिएका हुन् । उनीहरूले दिएको राजीनामा उपाध्यक्ष श्रेष्ठले स्वीकृत गरिरहेका छन् ।


प्रतिक्रिया