माओवादी केन्द्रद्वारा विधानलाई पूर्णता प्रदान

माओवादी केन्द्रद्वारा विधानलाई पूर्णता प्रदान



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“विधान अधिवेशनबाट मूल स्प्रिट पास भएको थियो । अहिले त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्न छलफल गर्‍यौँ,” उनले सञ्चारकर्मीसँग भने, “त्यो सम्पादनसहित फाइनल भएको छ ।”

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो । बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरेको उनले जानकारी दिए ।