एआइजी बज्राचार्य र ज्ञवालीलाई सरूवा गर्ने मन्त्रिपरिषदको निर्णय

एआइजी बज्राचार्य र ज्ञवालीलाई सरूवा गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । मन्त्रिपरिषदको शुक्रबारको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ ।

एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएको छ ।

साथै सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो ।

सुन तस्करी जाँचबुझ आयोगले चैत १ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।