कैलालीमा एक बालक मृत फेला

कैलालीमा एक बालक मृत फेला



धनगढी । कैलालीमा एक बालक मृत भेटिएका छन् । जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन् ।

आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।