महराका बिषयमा माओवादी पदाधिकारी बैठक निष्कर्षविहीन

महराका बिषयमा माओवादी पदाधिकारी बैठक निष्कर्षविहीन


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज विहान बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ । यस विषयमा आजको बैठकमा छलफल भए पनि ठोस निर्णय हुन भने बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरालाई हिजो पक्राउ परेका गरिएको हो । आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै प्रवक्ता सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए ।

बैठकमा महरालाई जिम्मेवारी विहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको प्रवक्ता सापकोटाले बताए । बैठकमा केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले अदालतको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । यसबारे अब बस्ने बैठकमा थप छलफल हुने बताइएको छ ।