सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरु भएकाे छ । बिहीबार वीरेन्द्रनगरमा पार्टीका महासचिव शंकर पोखरेलले जिल्ला अधिवेशनको उद्घाटन गरे ।
बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ ।
अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए । उनीहरूको विवरण बुधबारको बैठकले स्वीकृत गरिसकेको छ ।
अधिवेशनअन्तर्गत् बिहिबार उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ । बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने बताइएकाे छ ।
नयाँ नेतृत्व हात पार्न नेताहरुले गुटगत प्यानल बनाई प्रतिस्पर्धा गर्ने सम्भावना छ । जिल्लाका नेताहरु स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटी–नवराज रावत समूहमा विभाजित भई प्यानल बनाउने तयारीमा छन् ।


प्रतिक्रिया