संसदीय छानबिन समिति बन्दैन : मन्त्री शर्मा

संसदीय छानबिन समिति बन्दैन : मन्त्री शर्मा



काठमाडौं । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने बताएकाे छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा विषय उठाउन नहुने बताइन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति नबनाए आगामी संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रवक्ता शर्माले छानबिन समिति गठनको आवश्यकता सरकारले नदेखेको बताइन् ।

उनले भनिन्, “सैद्धान्तिक रूपमा संसदीय समिति हुँदैहुँदैन भन्ने होइन । कुनै विषयमा बन्न सक्छन् । त्यो आवश्यक छ कि छैन, यो विषय संसदीय छानबिन समिति बनाएर गर्नुपर्ने हो कि होइन भन्ने विषयमा सरकारले त्यस्तो आवश्यकता देखेको छैन । यथेष्ठ प्रमाण भए जोसुकै व्यक्ति पनि कारबाहीमा आउछ ।”