काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।
पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।
जसअनुसार इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।



प्रतिक्रिया