उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले बोलायो बैठक

उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले बोलायो बैठक



काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसोका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक अहिले कहिबेरमा बस्दैछ ।

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने उनले बताए ।