काठमाडौं । प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजले शनिबार १२ खेलाडीलाई पोशाक वितरण गरेको छ । सहयोगी माविमा निःशुल्क तेक्वान्दो प्रशिक्षण लिइरहेका छ जना र समाजले प्रशिक्षण दिइरहेका ६ जना खेलाडीलाई पोशाक वितरण गरिएकाे हाे । प्रशिक्षण लिइरहेका खेलाडीको मनोबल उच्च राख्न पोशाक वितरण गरिएको समाजका अध्यक्ष महेश केसीले जानकारी दिए ।
पोशाक वितरण कार्यक्रममा कानुन व्यवसायी सन्तोष भण्डारी, अनुप ढुंगाना, ई. बिजय कर्माचार्य, सृजना भण्डारी, ज्याेति रायामाझी, केदार खड्का, दीपेश बोहोरा, नबिन बुढाथोकी, पुस्कल बुढाथोकी, मैयाँ कोइरालालगायतको सहभागिता थियो ।
प्रतिक्रिया