मधेश प्रदेशमा सरकार बनाउन जनमतलाई अगाडी पालो

मधेश प्रदेशमा सरकार बनाउन जनमतलाई अगाडी पालो


ग्लोब नेपाल
513
Shares

धनुषा । मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताए ।

उनले आलोपालो नेतृत्व लिने गरी नेकपा (एमाले), जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको वैकल्पिक सरकार बनाउन करिब-करिब सहमति बनेको पनि बताए ।

‘पहिले जनमत, त्यसपछि माओवादी केन्द्र र अन्तिम वर्ष एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ । सहमतिलाई थप परिपक्व बनाएर चाँडै सरकार बनाउन दाबी पेश गर्छौ”, दलका नेता साहले भने ।

प्रदेशसभामा एमालेबाट २५, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ८ र एकीकृत समाजवादीबाट ७ जना प्रदेशसभा सदस्य छन् ।