काठमाडौं । टस जितेर बंगलादेशविरुद्ध ब्याटिङ गरेको नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नेपालले करण केसीको ठाउमा सन्दीप जोरालाई प्लेइङ एघारमा सामेल गरेको छ ।
आजको प्लेइङ एघारमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन् ।
नेपाल विश्वकपको समुह चरणमा पुग्न असफल भएपनि यस खेलको नतिजाले सुपर आठमा पुग्ने दोस्रो टिमको टुंगो लगाउने छ ।
प्रतिक्रिया