काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।
भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता होविन्द्र बोगटीले बताए । उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग कनेक्सन देखिएको छ ।
तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए । दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।
प्रतिक्रिया