बहुप्रतिभाकी धनी पलेंस्वा रघुवंशी

बहुप्रतिभाकी धनी पलेंस्वा रघुवंशी


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । बालबालिकाको प्रतिभा प्रदर्शनको प्रमुख उद्देश्य बोकेको मिस एन्ड मिस्टर जुनियर एन्ड सिनियर आइडल २०२४ मा १२ बर्षकी पलेंस्वा रघुवंशीले सबैभन्दा बढी सब टाइटलका साथ (ट्यलेन्ट, ड्रेसर, फोटोजेनिक) को साथमा सेकेन्ड रर्नरअप हुन सफल भएकी छन् ।

स्पार्कले इन्टरटेइमन्टले आयोजना गरेको सो कार्यक्रममा ३१ जनाको सहभागी रहेको थियो । पलेंस्वाले ट्यालेन्ट राउन्टमा भरतनाट्यम नृत्य अन्तर्गत पुष्पांजलि र महिषासुर मर्दिनीको प्रस्तुत गरेकी थिइन । जुन नृत्यले निर्णायक तथा दर्शकको मन जित्न सफल भएको थियो । उक्त नृत्यले बेस्ट टैलेंटको अवार्ड पाउन सफल भएकी थिइन ।

क्लासिक कल्चर सेन्टरमा विगत ५ बर्षदेखि आफ्नै दाजू स्वजन रघुवंशी र भाउजू प्रमिला श्रेष्ठसँग भरतनाट्यम, लोक तथा चर्या नृत्य सिकेका पलेंस्वाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न मंचमा आफ्नो नृत्य प्रस्तुति गरिसकेकी छन् ।

सानै उमेरमा नृत्यको क्षेत्रमा लागेर क्लासिक इन्टरनेशनल नुपुर अवार्ड तथा नेपाल हेरिटेज अवार्ड पाउन सफल पलेंस्वा रघुवंशीको कुमारी नृत्यले सबैको मन जित्न सफल भएकी थिइन । कुमारी कै आवरणमा फोटोसुट गरेकी पलेंस्वाले बेस्ट फोटोजेनिकको अवार्ड पनि हात पार्न सफल भएकी थिइन ।

नेशनल युनाइटेड स्कुलमा कक्षा ८ मा अध्ययनरत उनी पढाइमा समेत अब्बल छिन् । बुबा रोशन रघुवंशी र आमा सरस्वती श्रेष्ठ छोरी पलेंस्वाको प्रगति देखेर मख्ख छन् ।