एकीकृत समाजवादीको बैठक बस्दै

एकीकृत समाजवादीको बैठक बस्दै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बस्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको छैन । आजको बैठकले प्रदेश प्रमुखको जिम्मेवारी तोक्ने बताइएको छ ।

हालै सम्पन्न महाधिवेशनपछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ ।

यस अघि शनिबार बसेको पहिलो बैठकले सबै २९९ केन्द्रीय सदस्यको चयनपछि मात्र पदाधिकारीको टुंगो लाग्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिएका थिए । 

खतिवडाले महाधिवेशनले पार्टीलाई अघि बढाउन ऊर्जा प्राप्त भएको निष्कर्ष बैठकले निकालेको बताउदै पदाधिकारी चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताएका थिए  ।