ढुवानी सेवामा अवरोध भएपछि तरकारीको भाउ बढ्यो

ढुवानी सेवामा अवरोध भएपछि तरकारीको भाउ बढ्यो


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि कालीमाटी बजारमा अधिकांश तरकारीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा आइतबार गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत धेरैजसो तरकारी भाउ बढेको छ ।

आइतबार कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो १०० रुपैयाँ छ भने सानो गोलभेँडा ६० रुपैयाँ छ । तने बोडीको भाउ अधिकतम प्रतिकिलो ७०, घिउ सिमी १२०, तिते करेला १००, लौका ८०, भिण्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो २५०, ब्रोकाउली ३००, परवर ५०, घिरौंला ८०, लाम्चो भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । प्याज ९० तथा रातो आलु प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको छ ।

समितिका अनुसार गोलभेडा २३, तने बोडी २० प्रतिशत, लाम्चो भान्टा ५२ प्रतिशत, घिउ सिमी २२, तितेकरेला ६९, लौका ६६, परवर २८ प्रतिशतले बढेको छ । भिण्डी, घिरौंलाको भाउ सामान्य घटेको छ ।