बर्दियामा बबई नदीले पार गर्‍याे सतर्कता तह

बर्दियामा बबई नदीले पार गर्‍याे सतर्कता तह



काठमाडौं । बर्दियामा बबई नदीको जलसतह सतर्कता तह पार भएको छ । आइतबार अपराह्न बबई नदी चेपाङ जलमापन केन्द्रमा सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त स्थानमा जलसतह बढ्दो क्रममा रहेको भन्दै विभागले आज साँझसम्म सतर्कता अपनाउन सचेत गराएको छ ।

“असार २३, दिउँसो ०४ः१० बजे । बर्दिया जिल्लास्थित बबई नदी चेपाङ जलमापन केन्द्रमा हालको जलसतह (५.६ मि), सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले आज साँझसम्म सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

यस्तै, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुराका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको विभागले जनाएको छ । आज रातिसम्म उच्च सतर्कताका अपनाउन आग्रह गरिएको छ ।