काठमाडौँ । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा खसेको पहिरोले बगाएकोमध्ये एउटा गाडीमा २४ जना रहको खुलेको छ ।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा एक जना चालक र दुई सहचालकसहित २४ जना सवार रहेको खुलेको हो ।
एन्जल डिलक्सको वीरगन्ज टिकट काउन्टरका कर्मचारी प्रेम साहका अनुसार बिहीबार बेलुका ८ बजे वीरगन्जबाट काठमाडौंका लागि छुटेको थियो ।
प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।
एन्जल डिलक्समा सवार यात्रुहरूको सूची :
१ . अन्सारी जी समेत २ जना (भारत घर)
२. सन्तोष ठाकुर, भारत
३. सुरेन्द्र शाह, भारत
४. आदित मिया, भारत
५. सुनिल शाह, भारत
६. साहनबाज आलम, भारत
७. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा)
८. अरबिन्द्र दुवे, ठेगाना नखुलेको ।
९. हरिन्द्र पण्डित, ठेगाना नखुलेको ।
१०. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)
११. परमानन्द जी, बारा मुसहर्वा
१२. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)
१३. सालिम मिया सहित दुई जना (रघुनाथपुर)
१४. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)
१५. जवाहिर महतो, वीरगन्ज (बस चालक)
१६. राजेन्द्र केसी, डिलक्स साहु ।
१७. चौधरी थरका सह–चालक ।
प्रतिक्रिया