काठमाडौँ । श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन् ।
आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा टोलीले खराब प्रदर्शन गरेपछि हसरंगाले राजीनामा दिएका हुन् । टी–२० विश्वकपमा श्रीलङ्का समूह चरणबाटै बाहिरिएको थियो ।
राजीनामा दिँदै हसरंगाले एक खेलाडीको हैसियतले टोलीका लागि उत्कृष्ट प्रदर्शन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । श्रीलङ्का टोलीले यसै महिना भारतसँग तीन टी–२० र तीन एकदिवसीय शृङ्खला खेल्दैछ । खेल जुलाई २७ देखि अगस्ट ७ सम्म चल्नेछ ।
हसरंगाको कप्तानीमा श्रीलङ्काले १० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकामा ६ खेलमा जीत हात पारेकाे थियाे ।
प्रतिक्रिया