काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर डा. शेखर कोइराला समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ ।
टुंगो लगाइएका नाम नेता कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् । मन्त्रीको टुंगो लगाउन आइतबार बिहान विशालनगरमा समूहको बैठक बसेको थियो ।
इतर समूहले चार मन्त्रालय पाउने दाबी गरिएकाे छ । सिफारिस नाममा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको एक नेताले जानकारी दिए ।
मन्त्री बन्न मुख्य आकांक्षी रहेका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलाई भने यसपटक छानिएकाे छैन ।
राज्यमन्त्री पाए लीला बोखिम, प्रतिमा गौतम, मैना कार्की रावललगायतको चर्चा छ ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।


प्रतिक्रिया