कृषि मन्त्री अधिकारीले गरेनन् पदभार ग्रहण

कृषि मन्त्री अधिकारीले गरेनन् पदभार ग्रहण



काठमाडौँ । कर्मचारी आन्दोलनका कारण नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेनन् ।

सोमबार शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारीले आन्दोलनरत कर्मचारीसँग केहीबेर कुराकानी गरे पनि पदभार ग्रहण नगरेका हुन् ।

मन्त्री अधिकारीले समस्या समाधानका लागि आफूलाई केही दिन समय दिन आन्दोलनरत कर्मचारीसँग आग्रह गरेका छन् ।