काठमाडौं । परराष्ट्र मन्त्रालयको प्रमुख जिम्मेवारी दुई महिलाले पाएका छन् ।
७३ वर्षे इतिहासमा परराष्ट्र मन्त्रालयको प्रमुख जिम्मेवारी पहिलोपटक दुई महिला परराष्ट्रमन्त्री आरजु राणा देउवा र परराष्ट्र सचिव सेवा लम्सालले पाएका हुन् ।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तार गरेपछि परराष्ट्रको प्रमुख जिम्मेवारी दुई महिलाको काँधमा गएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार नेपाली कांग्रेसकी नेतृ राणालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । लम्साल गत वर्ष परराष्ट्र सचिव बनेकी थिइन् । लम्साल नेपालको इतिहासमा पहिलो महिला परराष्ट्र सचिव हुन् ।
आरजु नेपालको इतिहासमा तेस्रो महिला परराष्ट्रमन्त्री हुन् । यसअघि कांग्रेस नेतृ सुजाता कोइराला र नेकपा एमालेकी नेतृ विमला पौडेल राई परराष्ट्रमन्त्री भएका थिए ।
प्रतिक्रिया